सयुक्त मगर मञ्चले प्रदेश नं ५ को मुख्य मन्त्री र सभामुख समक्ष स्मरण पत्र बुझायो
वुटवल। प्रदेश नम्बर ५ को नााङ्कन मगरात पहिचान सहितको संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषण गराउन प्रदेश नं। ५ को मुख्य मन्त्री शंकर पोख्रेल र प्रदेश नं। ५ को सभामुख पुर्ण बहादुर घर्ति मगर समक्ष स्मरण पत्र बुझाएका छन् ।
नेपाल मगर संघ केन्द्रिय समिती अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघ अन्तराष्ट्रिय समितीको अध्यक्ष एबम् नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष /प्रवक्ता नवीन रोका मगरको नेत्रित्वमा स्मरण पत्र बुझाउदै नविन मगरले नेपाल वहुजाती ,बहुभाषिक ,बहुसाँस्कृतिक देश ,यो कुनै एकजातिको मात्र नभइ सम्पर्ण आदिवासी जनजाती सवै नेपालिहरुको साझा देश भएको बताउन भयो । उहाँले,मगर समुदायको ,भाषा,लिपी,सँस्कृती,परम्परा ईतिहास ,भुगोल सहित जोडिएको पहिचान आधारित नाम मगरात भएको बताउन भयो । त्यसैले मगरात ऐतिहासिक पहिचान भएकाले कुनै जात बिशेषको माग नभई राजनैतीक र ऐतिहासिक माग भएकाले ५ नम्बर प्रदेशको नामाङ्कन मगरात पहिचान सहितको संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषण गराउन मगर मञ्चमा आवद्ध प्रमुख प्रतिपक्षी कांग्रेस,समाजवादी पार्टी,राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा क्रान्तिकारी माओवादी निकट मगर मुक्ति मोर्चा र आदिवासी जनजाति महासंघले संयुक्तरुपमा प्रदेशका मुख्यमन्त्री,सभामुख लगायतलाई स्मरणपत्र बुझाएका छन् ।
यस अघि नेपाल नेपाल मगर संघको नेतृत्वमा मगरात प्रदेशका लागि ११ लाख हस्ताक्षर संकलन गरी प्रदेश सरकारलाई बुझाएको स्मरण गराउँदै ज्ञापन पत्र बुझाउन मगरातका सम्पूर्ण मगरहरु अभियान्ता, पत्रकार, शिक्षक, विद्यार्थी, युवा,उद्योग व्यवसायीहरुले प्रदेश नं। ५ को मुख्य मन्त्री शंकर पोख्रेल को कार्य कक्षमा प’गेका थिए । प्रदेश नंं ५ को नाम मगरात हुनु पर्ने माग राख्दै नेपाल मगर संघ मगरात संघर्ष समितिको नेतृत्वमा मुख्य राजनीतिक दलका मगर मोर्चाहरु प्रतिनिधी ,सयुक्त मगर मञ्च , मगरात संघर्ष समिती, आदिवासी जनजाती मगर संघको संयोजक भोजबिक्र बुढा मगर, नेपाल नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष दल बहाद’र बिरकट्टा, संघका कोषाध्यक्ष कमला थापा, नेपाल मगर संघ मगरात प्रदेश नं। ५ का अध्यक्ष विमल सारु मगर’ लगायतका उपस्थित रहेको थियो।
